अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता,मंसिर ९ गते।
भन्सार छली ल्याउदै गरेको लत्ताकपडा तथा हार्डवेयर पार्टसहरू पर्सा प्रहरी द्धारा बरामद भएको छ ।
सुचनाको आधारमा वीरगंज महानगरपालिका भित्र ईनर्वागाउँ, नगवा र छपकैया स्थितबाट अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयरका पार्टसहरू ७ लाख २९ हजार बराबरको रहेको पर्सा प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएका समानहरु आवश्यक कारवाहीको लागि मंगलबार वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षकले जानकारी गराए ।