देशभर चिसो क्रमसः बढ्दै, पहाड तथा तराईमा हुस्सु र कुहिरो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर १३ गते।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम पूर्वानुमान महाशाखाले प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा बंगलादेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको साथै अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। भने, देशका पहाडी भूभागहरुमा आंशिक बदली रहेको र पहाड तथा तराईको थोरै भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ । 

दिउँसो देशको पहाडी भूभागहरुमा  आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति देशभर आंशिक बदली रहने छ। गण्डकी प्रदेशको उच्च हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले   देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *