अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर २१ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ३१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ९ लाख १८ हजार ७६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या ८ लाख ५ हजार २०५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ।