प्रदेश सरकारको अर्को उपलब्धि : कृषि विश्वविद्यालयको उपकुलपति नियुक्त

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,मंसिर २१ गते।

प्रदेश नं २ सरकारको महत्वाकांक्षी कार्यक्रमको रुपमा रहेको कृषि विश्वविद्यालयको स्थापना तथा संचालनको शुरुआतको सिलसिलामा आज उपकुलपतिको नियुक्ति गरिएको छ।

प्रदेश २ का नीति तथा योजना आयोगका पुर्व सदस्य मिर्चैया न.पा.-०२ का डा.वैधनाथ महतोलाई सहकुलपति तथा सामाजिक विकास मन्त्री नवलकिशोर साहको सिफारिसमा कृषि विश्वविद्यालयका कुलपति मुख्यमन्त्री लालवावु राउतले उपकुलपतिको नियुक्ति गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *