विवाहपञ्चमीको पाचौं दिन आज जनकपुरधाममा रामसीताको मटकोर विधिमा जुलि कुमारी महतो ज्युको विशेष उपस्थिति

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,मंसिर २१ गते।

रामजानकी विवाहपञ्चमीको पाचौं दिन आज जनकपुरधाममा रामसीताको मटकोर विधि सम्पन्न भएको छ ।

जनकपुरको धार्मिक तथा एतिहासिक गंगासागरमा पुगेर मटकोर विधि जुलि कुमारी महतो ज्युको विशेष तथा हजारौं भक्त जनहरुको उपस्थितिमा बिबाह महोत्सवको शुभकामना अदानप्रदान व्यक्त गरि भब्यताको साथमा हर्षोउल्लासपुर्वक सम्पन्न भएको छ ।

आज मटकोटर सकिए संगै भोली बुधबार भगवान राम र जानकीको डोला फेर गरी सोयम्बर र विवाहको काज हुने छ ।

भोली विवाह र आइतबार राम कलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत समापन हुने छ ।

त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसंग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *