आज थपिए २२० जना कोरोना संक्रमित, कुल संख्या ९ लाख २१ हजार ९३७पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस ५ गते।  

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २२० जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ९ लाख २१ हजार ९३७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ८ लाख ९ हजार १५५ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५७४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *