फाइजर खोपको दोस्रो मात्रा आज बालबालिकालाई लगाईदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस ७ गते।  

फाइजर खोपको दोस्रो मात्रा आज बालबालिकालाई लगाईदै छ ।

स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुखले धेरै बालबालिकाले पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउन बाँकी रहेको गुनासो आएपछि फाइजर खोपको दोस्रो मात्रा बुधबारका लागि छाउनीस्थित नेपाली सैनिक अस्पतालमा व्यवस्था गरिएको बताउनुभयो ।

स्वास्थ्य कार्यालयले हरेक दिन कोरोनाविरुद्धको भेरोसेल र कोभिसिल्डको पहिलो र दोस्रो मात्रा खोप दिइरहेको छ । उहाँका अनुसार सैनिक अस्पताल छाउनी, शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र निजामती अस्पतालमा सधैँभरि खोप लगाइने व्यवस्था गरिएको छ । यसअघि कुनै एक केन्द्रमा एक किसिमको खोप पाउने गरेकोमा अब सबै केन्द्रमा दुवै खोप पाइनेछ ।

हाल मोडर्ना खोप लगाएका ५७ जिल्लाबाहेकका बालबालिकालाई फाइजर खोप लगाइने भएको छ । सरकारले १२ देखि १८ वर्षसम्मका बालबालिकालाई फाइजर खोप लगाउन लागेको हो । खोप शाखा प्रमुख सागर दाहालले यही पुस १३ देखि २२ गतेसम्म पहिलो मात्रा फाइजर खोप सञ्चालन निश्चित भए पनि अझै फाइजर खोप नआएका कारण उक्त मिति सर्न सक्ने बताउनुभयो । उहाँले यसअघि फाइजर खोप लगाइएका जिल्लाबाट पुनः फाइजर खोप लगाउन सुरु गरिने जानकारी पनि दिनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *