अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ २ गते।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा (आज) शुक्रबार सुनुवाइ तय भएको छ । बुधबार संवैधानिक इजलासमा भएको बहसमा मुद्दा वृहत् पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्नेबारे कुनै निर्णय भएको थिएन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेर आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा गरेपछि सर्वोच्च अदालतमा १२ वटा रिट परेका थिए ।
ती रिटहरु वृहत पूर्ण इजलासमा गर्नुपर्ने भन्दै अधिवक्ताहरुले संयुक्त निवेदन दिएका थिए । तर अघिल्लोपटकको सुनुवाइमा छलफल सकिएन र त्यसलाई भएपछि हेर्दाहेर्दैमा राखेर आजसम्मलाई सारिएको थियो । आज पनि यसै विषयमा बहस जारी रहने छ ।
रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता रमण श्रेष्ठले मुद्दा पूर्ण इजलासमा पठाउनु पर्ने बताएका थिए।
सरकारले मुद्दा पूर्ण इजलासमा पठाउन नहुने भन्दै निवदेन दिएको थियो।