आज प्रदेश २ सहित देशका सबै स्थानीय तहमा नेपाली कांग्रेस विरोध प्रदर्शन गर्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ ३ गते।

आज सबै स्थानीय तहमा प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले विरोध प्रदर्शन गर्दै छ । कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा आज प्रदर्शन गर्न लागेको हो ।

सभापति शेरबहादुर देउवाले सरकारको विरोध प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई आह्वान गरिसकेका छन् ।

पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध तीन दिन प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय ५३ स्थानीय तह र माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार यसअघि कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा‍ विरोध प्रदर्शन गरिसकेको छ ।

तर सभापति देउवाले चुनाबमा जानु पर्ने र वरिष्ठ नेता रामचन्द्र पौडेलले जान नहुने बताइरहँदा कांग्रेसका कार्यकर्तामा अन्योल छाएको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्पति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *