आज नेपाली कांग्रेसको पदाधिकारीको बैठक बस्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन १३ गते।

आज नेपाली कांग्रेसको पदाधिकारीको बैठक बस्दै छ । बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बोलाइएको छ ।

बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुने कांग्रेस मुख्य सचिवले जानकारी दिए ।

विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड-माधव समूहको प्रस्तावलगायत विषयमा बैठकमा छलफल हुने मुख्य सचिवले जानकारी दिए ।

प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले बुधबार देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्तावसमेत राखिसकेका छन् । देउवाले पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए । त्यसैले कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग संयुक्त छलफल गर्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *