आजको मौसम पूर्वानुमान :एक – दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन १३ गते।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ।

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा  रहेको छ ।

तराईका केहि स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको छ।

दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ

राती :  प्रदेश नं १, बागमति प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक – दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भु-भागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *