नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत ९ गते।

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज  बस्दै छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने/नल्याउनेबारे ठोस छलफल हुने बताइएको छ ।

बैठकमा पदाधिकारी, पूर्वपदाधिकारीहरुको उपस्थिति रहने छ।

यसै सन्दर्भमा आइतबार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको छुट्टै बैठक बसेको थियो। पौडेल निवास बोहोराटारमा सो पक्षको छलफल भएपछि सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *