भारतमा एकै दिनमा थपिए ४७ हजार कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, चैत ९ गते।

भारतमा कोरोना भाइरसको संक्रमण निरन्तर बढ्दो क्रममा छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४६ हजार ९५१ जना नयाँ संक्रमित फेला परेका छन् । २४ घण्टाको अवधिमा २१२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म कूल संक्रमितको सङ्ख्या एक करोड १६ लाख ४६ हजार ८१ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कूल संक्रमितमध्ये तीन लाख ३४ हजार ६४६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड ११ लाख ५१ हजार ४६८ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म चार करोड ५० लाख भन्दा बढीले खोप लगाइसकेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा ८२३ जनामा कोरोना भाइरस देखिएको र एक जनाको मृत्यु भएको हो । नयाँ दिल्लीमा कोरोना शुरु भएदेखि यता हालसम्म १० हजार ९५६ जनाको मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *