प्रतिनिधिसभाको बैठक आज बस्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत १० गते।

आज प्रतिनिधिसभाको बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संवैधानिक आयोगका बार्षिक प्रतिवेदन पेश हुने सम्भावित कार्यसूची छ।

प्रधानमन्त्री ओलीले न्याय परिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेस गर्नुहुने संसद सचिवालयले जनाएको छ ।

त्यसपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले समितिको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *