अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत १० गते।
दाङमा स्कूल बस दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।
तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका-१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा तुलसीपुर उपमहानरपालिका-१६ निवासी १९ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिए ।

डिएसपी सिंहले दुर्घटनामा २३ जना जना घाइते भएको बताए । उनका अनुसार घटनाका घाइतेलाई राप्ती प्रादेशिक अस्पतालमा राखेर उपचार भइरहेको छ ।
तुलसीपुर उपमहानगरपालिका–१५ कोठेरीबाट आज बिहान कक्षा ११ र १२ का विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको बस एक्कासि ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।