अमेरिकामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ६ जनाको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, चैत १० गते।

बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा अमेरिकाको कोलोराडो राज्यस्थित बोल्डर काउन्टीको एक ग्रोसरी स्टोरमा एक प्रहरी अधिकारीसहित कम्तिमा ६ जनाको मृत्यु भएको छ।

स्थानीय समयअनुसार सोमबार दिउँसो साढे तीन बजेतिर बन्दुकधारीले ग्रोसरी स्टोरमा गोली चलाएका हुन्।

शंकास्पद बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी घाइते छन्। उनले किन  आक्रमण गरेका हुन भन्ने खुलिसकेको छैन। 

राष्ट्रपति जो बाइडेनलाई  घटनाबारे  ब्रिफिङ गरिएको छ। 

सर्वसाधारणले बन्दुक राख्न पाउने कानुनी व्यवस्था भएको अमेरिकामा बेला-बेलामा यस्ता आक्रमणका घटनाहरू हुने गरेका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *