अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत २१ गते।
नेकपा एमाले झलनाथ खनाल-माधव नेपाल समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ ।
काठमाडौंको कलंकीमा दिउँसो ३ बजे बस्ने बैठकमा केन्द्रदेखि स्थानीय तहसम्मै समानान्तर कमिटी बनाएर प्रशिक्षण‚ भेला‚ सम्मेलन लगायतका अभियान घोषणा गर्ने छ ।
शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालसहित चार जना नेतालाई कारबाही गरेपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको थियो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल–खनाल नेपाल समूहका नेताहरुलाई कारबाही गर्ने‚ पार्टी सदस्यबाटै निलम्बन गर्ने‚ जिम्मेवारी खोस्नेलगायतका गतिविधि गरेको भन्दै उक्त समूहले अभियान सुरु गर्न लागेको बताइएको छ।