पत्रकार महासंघ पर्साको उपाध्यक्षमा शेखर छतकुलीको पलरा भारी

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता, चैत २३ गते।

एबिसि टेलिभिजन २ प्रदेश प्रमुख  एवं नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्व सहसचिव  शेखर  छतकुली नेपाल पत्रकार महासंघ पर्सा जिल्लाको  उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ ।

मधेश आन्दोलन र मधेशी जनताको जनजीविकाका र उधोगी व्यापारीहरुको  लागि   विभिन्न संचारमाध्यहरु  मार्फत  उठाउदै आफ्नो छुटै पहिचान बनाउन सफल संचारकर्मी छतकुलीको उम्मेदवारीले पर्सा संचारकर्मीहरुका विच तरंग छाएको छ ।

छतकुली  झण्डै १४ बर्षदेखि ईलोकट्रोनिक  मिडिया एबिसि टेलिभिजनमा  रहेर श्रमजिवि पत्रकारको रुपमा कार्यरत रहेर दुई नम्बर प्रदेशमा छुटै पहिचान बनाउन सफल  हुनुभएको छ।

श्रमजिवी पत्रकारहरूको मुद्दाको सुरक्षा तथा साना लगानीका स्वरोजगार संचारमुलुक संचारमाध्यमको रक्षाको निमित्त उम्मेदवारी दिएको बताउनुभयो।

छतकुली १७  बर्ष देखि विभिन्न संचारजगतमा  कार्यरत रहेर  एबिसि टेलिभिजन २ नम्बर प्रदेश प्रमुख हुन् एवम वीरगंज दैनिकका प्रकाशक समेत रहेका छन् ।

आगामी चैत्र २५ गते हुने महासंघको निर्वाचनमा पर्साको उपाध्यक्ष  पदमा छतकुलीको  उम्मेदवारीको पक्षमा पर्सर्ली संचारकर्मीहरुको व्यापक समर्थन रहेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *