चैत २५ देखि ३० गतेसम्म मनकामना केबुलकार बन्द हुने

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत २३ गते।

यही चैत २५ देखि ३० गतेसम्म मनकामना केबुलकार बन्द गरिने भएको हो ।

केबलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मत सम्भारका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । चैत ३१ गतेदेखि पुनः नियमित सञ्चालनमा आउने उनले बताए ।

उक्त अवधिभर चितवनको इच्छाकामना–४ चेरेसस्थित बटम स्टेशनमा रहेको रेष्टुरेन्ट भने यथावत् सञ्चालनमा रहने प्रालिले जनाएको छ । २३ वर्षअघि स्थापना भएको नेपालको पहिलो केबुलकार एनालगबाट डिजिटल प्रविधिमा जाने भएको हो ।

गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना दर्शन प्रालिले २०५५ साल मङ्सिरबाट सञ्चालनमा ल्याएको मनकामना केबुलकार तीन चरणमा स्तरोन्नति गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *