अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,चैत २४ गते।
कैलालीमा नेपाल-भारत सीमा क्षेत्रमा तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ।
भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल-भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।
सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो ।
कैलाली प्रहरीका अनुसार भारतीय लागू औषध तस्करले नेपाल प्रहरीमाथि गोली चलाएका हुन्।
तस्करहरुले एक राउड गोली चलाएपछि नेपाल प्रहरीले ३ राउड गोली चलाएको बताएको छ। दोहोरो भिडन्तमा परि भारतको लखिमपुर खिरी जिल्ला तिकुनिया ग्रामपञ्चायत रणनगरका ४० वर्षिय दिल्लु सिँह घाइते भएका छन्।