कर्णाली प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्रीले दिए एमालेबाट राजीनामा

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत २४ गते।

कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनैजना मन्त्रीले आज (मंगलबार) संयुक्तरुपमा राजीनामा दिएका छन् ।

माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् ।

 उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् ।

कर्णालीमा एमालेले एकल सरकार बनाउने योजनासहित आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेको थियो । सोमबार नै राजीनामा दिने भनिएपनि मन्त्रीहरुले  मंगलबार राजीनामा दिएका हुन् । आइतबार बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो भने चैत ४ गते सो पार्टीले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *