अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख १९ गते।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ ।
पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनायो ।
उनलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ । खनालको बाँकी अवस्था सामान्य छ ।