काठमाडौंका उपत्यकाका निषेधाज्ञाबारे निर्णय गर्न सिडिओहरुको बैठक बस्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार १४ गते।

काठमाडौंका उपत्यकाका निषेधाज्ञाबारे निर्णय गर्न तीन जिल्लाका  प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको बैठक बस्दैछ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको आइतबारको बैठकले निर्णय गर्न नसकेपछि पुन: आज बैठक बस्न लागेको हो ।

आइतबारको बैठकमा अहिलेसम्मको कोरोना संक्रमणको अवस्थाबारे मात्र छलफल भएको र सोमबार बस्ने बैठकले निषेधाज्ञाबारे निर्णय लिने काठमाडौँका सिडिओ कालीप्रसाद पराजुलीले बताए ।

उनका अनुसार निजी सवारीजस्तै सार्वजनिक सवारी पनि जोर–बिजोर प्रणालीमा खुलाउनेबारे पनि आइतबार छलफल भएको थियो । तर त्यसबारे निर्णय हुन भने सकेको थिएन

बैठकमा जनस्वास्थ्यको मापदण्ड पालना गरी आधा सिट क्षमतामा सार्वजनिक सवारी साधन चल्न दिने र १५ दिन निषेधाज्ञा थप गर्ने विषयमा छलफल भएको थियो । ।

काठमाडौं उपत्यकामा पछिल्लो समय केही खुकुलो बनाएर जारी गरिएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ ।

अहिले उपत्यकामा निजी सवारीसाधन तथा ट्याक्सीलाई जोर-बिजोर र व्यवसायलाई बारको आधारमा सञ्चालन गर्न दिइएको छ । मंगलबारदेखि थप खुकुलो बनाउने तयारी गरिएको स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *