आज सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन २० गते।

सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने प्रयासमा जुटेको सत्ता पक्षीय कार्यदलको बैठक आज पनि बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार विहान ९ बजेबाट कार्यदलका सदस्यबीच छलफल हुँदै छ ।

कार्यदलले न्यूनतम साझा कार्यक्रममा सरकारका ११ बुँदे प्राथमिकता र मन्त्रीहरूका लागि १४ बुँदे आचारसंहिता बनाएको छ ।

आजको बैठकले त्यसलाई अन्तिम रूप दिने प्रयास हुने कार्यदलका सदस्य मिनेन्द्र रिजालले जानकारी दिए ।

उनका अनुसार शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रूपान्तरण, तात्कालिक राहत, पर्यावरणीय सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि कार्यक्रममा समेट्ने प्रयत्न गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *