लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत पाए

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ७ गते।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत पाएका छन् ।

प्रदेशसभा बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ र विपक्षमा शून्य मत परेको छ । त्यस्तै एक मत भने तटस्थ देखिएको छ । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको बैठकमा पनि एमालेका सांसद अनुपस्थित रहे ।

हाल लुम्बिनी प्रदेशसभामा ८० सदस्य रहेका छन् । मुख्यमन्त्री केसीले विश्वासको मत पाउन ४१ सांसदको मत पाउनुपर्ने थियो ।

मुख्यमन्त्री केसीले नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुख बाहेक),जनता समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र सांसद अजय शाहीसहित ४२ सांसदको मत पाएका छन् ।

विपक्षी एमालेका ३७ सदस्य भने अनुपस्थित रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *