सिरहाको सखुवानन्न्कारकट्टी ३ मा निर्विरोध बेचन यादव चयन

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,कार्तिक २९ गते।  

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत  सिरहाको सखुवानन्न्कारकट्टी गाउँपालिका  वडा नम्बर – ३ मा नेपाली काङ्ग्रेसको वडा कमिटी निर्विरोध रुपमा चयन भएको छ। नवगठित कमिटीको वडा सभापतिमा बेचन यादवको नेतृत्वमा १५ सदस्य नयाँ कर्यसमिती बिस्तार भएको हो ।

निर्वाचन आयोगले चुनावको समय तोकीदा आफ्नो पार्टीको  बर्चस्व कार्यम गर्न गाउँ गाउँमा नयाँ समितिहरु गठन गर्न लगेका छन। केन्द्रका र सिरहाको निर्णय अनुसार कार्तिक ७ गते सिरहा जिल्लाको प्रत्येक वडा अधिबेशन शनिबार गराउनु  पर्ने नेपाली काङ्ग्रेसका जिल्ला सभापति राम चन्द्र यादवले बताए।

नवगठित समितीको उप- सभापतिमा प्रशुराम चौधरी  , सुनिता साफी , सचीवमा जगरनाथ यादव , अभय यादव , सह- सचीवमा बुदुर यादव , प्रबिन्द्र यादव , सदस्यहरुमा राजकुमार यादव , किरण गुप्ता , हरिचन यादव  लगायत १५ सदस्य समिती  चयन भएको छ ।

त्यस्तै पार्टीकै क्षेत्रीय प्रतिनिधिहरुमा रामबिलास यादव, बिरेन्द्र प्रसाद यादव , ललित कुमार यादव , शत्रुधन गिरी लगायत १५ प्रतिनिधि सर्वसम्मत रुपले चयन भएको युवा नेता बिनोद अधिकारीले जानकारी दिनुभएको छ ।

समितीहरुले एक आपसमा सफल कार्यकालका लागि शुभकामना आदानप्रदान समेत गरेका थिए ।

सिरहाको १७ वटा स्थानीय तहको सम्पुर्ण वडाहरुमा वडा अधिबेशन सम्पन्न गर्न जिल्ला सभापति राम चन्द्र यादवले निर्णय गरेका छन्। नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुले वडा अधिबेशन गराउन व्यस्त देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *