किन भए उद्योग मन्त्री रामनरेश राय बर्खास्त ?

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,मंसिर १ गते।  

प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश रायलाई मुख्यमन्त्री लालबाबु राउतले पदमुक्त गरेका छन् ।

मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पदमुक्त गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका उपसचिव होमप्रसाद घिमिरेले बुधबार दिउँसो करिब २ बजे मन्त्रीलाई पदमुक्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालयलाई प्राप्त भएको जानकारी दिए ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन रायलाई बर्खास्त गरिएको हो ।

तत्काललाई उद्योग, पर्यटन तथा वन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री राउतले नै सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *