अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर १ गते।  

आज अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आउँदैछन् ।

सहायक विदेशमन्त्री लु मालदिभ्सको राजधानी माले हुँदै आज नेपाल आउन लागेका हुन् ।

नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न दलका नेताहरूलाई भेट्ने कार्यक्रम छ ।

भेटमा नेपालमा सञ्चालित अमेरिकी परियोजनाहरूबारे द्विपक्षीय छलफल हुने अमेरिकी स्टेट डिपार्टमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *