जनताले पाएको अधिकार कार्यान्वयन भएको छैन: अर्थ मन्त्री साह

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,मंसिर ४ गते।  

प्रदेश नम्बर २ का अर्थ मन्त्रालयले पहिलो पल्ट प्रदेश २ मा कर दिवस समारोहको आयोजना गरेको थियो।सिरहाको लहान स्थित रहेको  बाटीका टुरीजममा कर दिवसका आयोजना गरेका थिए। उक्त कार्यक्रममा सिरहाका कर असुली गर्ने अधिकांश कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश न.२ का आर्थिक मामिला तथा योजना मन्त्री सैलेन्द्र साहका अनुसार कर छ्ली हैन कर रहरको रूपमा सबैलाई तिर्नु पर्छ जनसमुदायमा आग्रह र अपिल गरेका थिए।

सेवा ग्राहीहरुको लागी सेवा सुबिधामा कार्यालयहरुलाई ध्यान दिनु पर्ने चर्चा गर्दै तीन तहकै समन्वयको कमिरहेको बताउनु भयो। आउने दिनमा प्रदेश सरकारले जुन समृद्धिमा जोड दिनु भएको त्यो मानव सुचाङ्कको अधारमा बजेट निर्धारण गर्नु  पर्छ त्यसमा हामी बिमती छौं ।

बिकास भने नागरिकलाई अनुभुती अनुरुपको बिकास हुनुपर्छ र संघीयता प्रति जुन जनतामा बिश्वसनियता घटदै गरेको अवस्था छ। करको आउने बर्षमा करको दाईरा बढाउनु पर्ने बताउनु भयो। कृषिको कर दिबस पहिलो पल्ट मनाउन लागेका छ्न। ट्राफिक कार्यालयलाई र सिमेन्ट फ्याक्टरीलाई करको दाईरामा ल्याउने बताउनु भयो। 

विशिष्टमा धनगढीमाई नगरपालीका मेयर हरि नारायण चौधरीका अनुसार हामीले करको विषयमा सोचनु पर्ने हुन्छ तिन तहको सरकारको अनुशुचि फरक फरक छ् जसले पैसा दिन्छ हुकुम उसैको चल्छ।

कर हामी सबैले तिरौ र कर चुहावट कसरी नियन्त्रण गर्ने र आर्थिक प्रबन्धन करिब ब्यस्थापन गर्ने र कर असुल गर्ने कार्यालयहरुलाई ब्यस्थापन गर्न बताए। करको छली हैन कर्को दाईरामा सबैलाई लगौउ र सूचना प्राविधिको अधिक्तम प्रयोग गरौं बताउनु भयो ।

अतिथिहरुमा नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दिपेन्द्र कुमार यादव,धनगढीमाई नगरपालीका प्रमुख प्रशासकीय अधिकृत लगायत करसंग सम्बन्धित कार्यालयका प्रमुखहरुको सहभागीता रहेको रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *