समाजसेबि तथा काङ्ग्रेस नेता चौधरीले दिए उम्मेदवारी : मत दिन चौधरीद्धारा आग्रह

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,मंसिर १३ गते।  

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत अधिवेशनहरु भइरहेको छ। यसै क्रममा सिरहा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा कांग्रेस नेता तथा समाज सेबि महेश चौधरीले उम्मेदवारी दिएका छन ।

चौधरीले पत्रकारहरु संग कुरा गर्दै हामीले नेता सुनिल महतो, अरुण केसी, फुलेशवर महतो लगायतका समुहबाट क्षेत्रीय सभापतिमा उम्मेदवारी दिँदैछु बताउनु भयो। उनले आफु देउवा पक्षको उम्मेदवार भएको दाबी गरेका हुन।

समाजमा नेता चौधरीको योगदान निकै रहेकोले चौधरीलाई  चुनावमा बिजय गराउनु जनताको सौभाग्य रहेको छ्।

नेता महेश चौधरी बिगत लामो समय देखि ओहोरात्र समाज भलोको लागी ब्यक्तीगत रूपमा आर्थिक सहयोग देखि विभिन्न किसिमको सहयोग समाजमा गर्दै आएका छन्।

उनले समाजमा गरेका कामहरु उच्च सराहनीय रहेको जनसमुदायको अपिल रहेको छ।उनले कोरोना महामारीमा  समाज सेवा गर्दा गर्दै श्रीमती स्वर्गीय संगिता कर्मचार्य र नजिक कै भाई दिपेन्द्र सिंहलाई गुमाएको दु:खद खबर हो।

काङ्ग्रेस नेता महेश चौधरीको जित लहानको लागी उपयुक्त हुने समुदायको ठहर रहेको छ। चौधरीको जित नै लहान जनताको भलो र समृद्धि हुने लहान बासीको भनाई छ ।

कांग्रेस निर्वाचन तालिका अनुसार आइतबार सहमतिको प्रयास र सोमबार निर्वाचन प्रक्रियाबाट अधिवेशन सम्पन्न गर्ने  निर्णय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *