अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस ६ गते।
आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ ।
बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
संसद सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान साढे ११ बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बोलाइएको छ ।