नेपाली कांग्रेस खुला मधेसीमा अजय चौरसियासहित पाँच जना निर्वाचित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस ६ गते।  

नेपाली कांग्रेस खुला मधेसीमा अजय चौरसियासहित पाँच जना निर्वाचित भएका छन् ।

मंगलबार आएको मतपरिणामअनुसार २५२२ मत ल्याएर तराई मधेश समन्वय विभाग प्रमुख तथा पूर्वमन्त्री अजय चौरसिया अग्रस्थानमा विजयी भएका छन् ।

त्यस्तै मधेशी कोटाबाट केन्द्रीय सदस्य पदमा उद्योगपति विनोद चौधरी निर्वाचित भएका छन् ।

मतपरिणामअनुसार विनोद चौधरीले २२०६ मत ल्याएर निर्वाचित भएका हुन् ।

चन्द्रमोहन यादवले २१३८, महेन्द्र कुमार यादवले १९८४ र दिनेश कुमार यादवले १९५९ मत प्राप्त गरेका छन् ।

खुला मधेसीतर्फ पाँच जना केन्द्रीय सदस्यका लागि २३ जना प्रतिस्पर्धामा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *