अनलाईन न्युजपाटी उर्मिला यादव यात्री नवलपरासी,समाचारदाता,चैत २ गते।
पश्चिम नवलपरासीको सुनवल ५ बनकट्टिमा जारी द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा हिजो भएको खेलमा बिग बुद्ध युवाक्लब बिजयी भएको छ ।
हिजो दिउसो भएको बिग बुद्ध युवा क्लब र बर्म भैरव युवा क्लब विचको खेलमा बिग बुद्ध युवा क्लब ३ गोल अन्तरले बिजयी भएको हो । बर्म भैरव युवा क्लबले कुनै गोल गर्न नसकेको आयोजकले जनाएको छ । बर्म भैरव युवा क्लबले कुनै गोल गर्न नसकेपछि बिग बुद्ध युवा क्लबले ३ गोल गर्दै जित हासिल गरेको छ ।
यस्तै गरी भोलि नव जागरण युवा कल्ब मिनि बनकट्टी र सार्वङ्गिक विकास मञ्च सुनवल–६ बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । आगामि चैत १२ गते सम्म चल्ने प्रतियोगितामा विजेताले रु १ लाख ५ हजार नगद र उपविजेताले ५५ हजार नगद प्राप्त गर्नेछन ।