अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज ३१ गते।
साफ च्याम्पियनसिपको फाइनल खेलमा नेपाल भारतसँग पराजित भएको छ । नेपाललाई ३-० गोल अन्तरले हराएको भारतले उपाधि जितेको छ ।
पहिलो हाफको खेलमा संघर्षपूर्ण खेल पस्केर भारतलाई बराबरीमा रोकेको नेपालले दोस्रो हाफको सुरुवातमा नै सम्हालिन नसक्दा एक मिनेटको फरकमा दुई गोल खान पुगेको थियो । भारतका लागि सुनिल क्षेत्रीले ४९ औं मिनेटमा पहिलो गोल गरेका थिए भने ५० औं मिनेटमा सुरेश सिंहले अर्को गोल थपेका थिए । यस्तै खेलको ८९ औं मिनेटमा साहल अब्दुलको गोलको कारण नेपालले फाइनल खेल ३–० ले गुमाएको थियो ।
साफ च्याम्पियन बनेको भारत आठौं पटक हो ।