‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर ५ गते।  

‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन् ।

दशरथ रंगशालामा हुने पहिलो ब्रिगेड ब्वाइज क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

ब्रिगेड र एपीएफबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

आज दुबै टिम जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा रहेका छन् ।

ब्रिगेड राष्ट्रिय टिमका पूर्वकप्तान समेत रहेका फरवार्ड अनिल गुरुङको कप्तानीमा मैदान उत्रनेछ ।

एपीएफको कप्तानी भने टोपबहादुर विष्टले गर्ने छन् ।

यस्तै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

मनाङ र जावलाखेलबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।

उपाधि दाबेदार मनाङ जावलाखेललाई हराएर सुखद सुरुआत गर्ने योजनामा हुनेछ ।

कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ अन्जन विष्टको कप्तानीमा मैदान उत्रनेछ ।

शीर्ष चारको लक्ष्य लिएको जावलाखेल समेत जित निकाल्दै सिजनको सुखद सुरुआत गर्न चाहन्छ । तर, मनाङलाई हराउँन कुलदिप कार्कीको कप्तानीमा रहेको जावलाखेललाई सहज हुनेछैन ।

लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *