अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर ६ गते।
आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले आज हङकङसँग पहिलो खेल खेल्दैछ ।
खेल नेपाली समय अनुसार बिहान ११ : १५ बजे दुबईस्थित आईसीसी एकेडेमी मैदानमा हुनेछ ।
नेपालले दोस्रो खेल मंसिर ७ गते भुटानसँग खेल्नेछ भने मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले सन् २०१९ मा टी-२० विश्वकपकै लागि एसिया छनोटमा हङकङसँग खेलेको थियो । उक्त खेल नेपालले ४ विकेटले जितेको थियो । यसपटक पनि नेपाली सोही लयलाई कायम राख्दै जित हात पार्ने योजनामा रहनेछ ।
छनोटको तयारी स्वरुप नेपालले बंगलादेशमा एक साता भ्रमण गरेको थियो । जहाँ नेपालले त्यहाँको स्थानीय टोली बिकेएसपीसँग तीन अभ्यास खेल खेलेको थियो । उक्त मैत्रीपूर्ण सिरिज नेपालले २-१ ले जितेको थियो ।
यस्तै यूएई जानुअघि नेपालले कतारसँग पहिलोपटक टी-२० अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । तीन खेलको उक्त सिरिज नेपालले क्लिन स्वीप गरेको थियो । जहाँ कप्तान रुबिना क्षेत्री, सीता राना मगर र इन्दु बर्माले उक्तृष्ट प्रदर्शन गरे । तीनै खेलाडीले अर्धशतक प्रहार गरेका थिए ।