भारतको राजधानी दिल्लीलगायत क्षेत्रमा शुक्रबार राति भूकम्पको शक्तिशाली धक्का

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, फागुन १गते।

भारतको राजधानी नयाँ दिल्लीलगायत क्षेत्रमा शुक्रबार राति भूकम्पको शक्तिशाली झट्का महसुस गरिएको छ।

शुक्रबार राति १०:३१ मा गएको भूकम्पका कारण दिल्ली, पञ्जाब, हरियाणा, राजस्थान, उत्तराखण्ड, उत्तर प्रदेश, जम्मु कश्मीरसमेत उत्तर भारतमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो ।

रातिको समय भूकम्प गएपछि स्थानीयको भागाभाग भएको थियो। घरबाट बाहिर निस्किएका थिए। तर अहिलेसम्म कुनै किसिमको क्षतिको खबर आएको छैन।

भारतको नेसनल सेन्टर फर सिस्मोलजी (एनसीएस) का अनुसार ताजकिस्तान केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको हो। 

साथै अफगानिस्तान र पाकिस्तानका पेसावर, इस्लामाबाद, लाहौरमा समेत भूकम्पको तीव्र धक्का महसुस गरिएको बीबीसी हिन्दीले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *