अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, माघ ३० गते।
भारतको तमिलनाडुको एक पटाका फ्याक्ट्रीमा भीषण आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ ।
भारतीय समाचार एजेन्सीका अनुसार आगलागीमा परेर ११ जनाको मृत्यु भएको छ भने ३६ जनाभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने जनाइएको छ । यस घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री मोदीले भनेका छन्ः ‘ तमिलनाडुको विरुधुनगरस्थित एक पटाका फ्याक्ट्री मा भएको आगलागीको घटना दुःखद छ । दुःखको यस घडीमा मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । त्यस्तै म पीडित परिवारको साथमै रहेको जानकारी गराउँछु । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना छ ।