अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,माघ ३० गते।
बालिका बलात्कारको आरोपमा धनुषामा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मुस्कान खातुन र शम्भु भनिने ओमनारायण यादव छन् ।
प्रहरीका अनुसार मुस्कान खातुनले बालिकालाई आफ्नै कोठामा बोलाएर विभिन्न प्रलोभन र डर देखाएर यादवबाट बलात्कार गर्न लगाएका थिए । खातुन लक्ष्मीनियाँमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् ।
पटक–पटकको बलात्कारपछि बालिका गर्भवती भएपछि घटनाबारे परिवारले थाहा पाएको थियो ।
प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर फरार रहेका खातुन र यादवलाई बिहीबार राति धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ४ स्थित बाटोबाट नियन्त्रणमा लिइएको उनले बताए ।
पक्राउ परेका दुबै जनामाथि मानव बेचबिखन तथा जबरजस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।