अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, फागुन २ गते।
भारतको आन्ध्र प्रदेशमा बस र ट्रक आपसमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ ।
एउटा सानो भ्यान ट्रकसँग ठोक्किँदा भएको यस घटनामा अन्य चार जना घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
दुर्घटना कर्नुल जिल्लाको मदरपुर गाउँमा आइतबार बिहान चार बजेतिर भएको हो । दुर्घटनामा आठ महिला, चालकसहित पाँच पुरुष र एक बच्चाको मृत्यु भएको छ । यी सबै चित्तुर जिल्लाको मदनपल्ले भन्ने स्थानबाट अजमेर तीर्थयात्रामा जाँदै थिए ।