अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, फागुन ३ गते।
म्यान्मारका थुप्रै शहरका सडकमा सेनाका बख्तरबन्द गाडी देखिएका छन् । स्थानीय समयानुसार राती १ बजेदेखि देशमा इन्टरनेट सेवा पनि बन्द छन् ।
बेलायती समाचार संस्था द गार्जियनका अनुसार प्रजातन्त्रवादी नेतृ आङ साङ सूकीको नजरबन्द अवधि दुई दिन बढाइएको छ। म्यानमारको सैनिकले दुई साता अघि प्रजातान्त्रिक सरकारलाई च्युत गरि सत्ता हातमा लिएको थियो।
जनप्रदर्शनलाई रोक्नका लागि मुख्य शहरमा सेनाका बख्तरबन्द बाक्लो संख्यामा उतारिएको छ।
सेनाको यो तयारीलाई १ फेब्रुअरीमा सैन्य कूपछि देशमा भइरहेको विरोध प्रदर्शनलाई समाप्त गर्ने संकेतको रुपमा हेरिएको छ ।
संयुक्त राष्टका एक अधिकारीले म्यानमारको सेनामाथि मानिसहरुविरुद्ध युद्धको घोषणा गरेको आरोप लगाएका छन् ।