५ जना फरार प्रतिवादी रौतहटबाट पक्राउ

अनलाईन न्युजपाटी रौतहट,समाचारदाता,फागुन ३ गते।

५ जना फरार प्रतिवादीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

अदालतको फैसला कार्यान्वयन गर्ने अभियान अन्तर्गत जिल्ला अदालत गौरबाट कैद तथा जरिवाना सजाय भई हाल सम्म फरार रहेका विभिन्न मुद्दाका प्रतिवादीहरुलाई रौतहट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको पल्टुवा गा.वि.स. वडा नं.७ हाल गुजरा नगरपालिका वडा नं.६ वेदौली टोल वस्ने २७ बर्षीय लालका/सन्दीप कुमार यादव भन्ने अजय कुमार यादव ,चन्द्रनिगापुर गा.वि.स. वडा नं.३ हाल चन्द्रपुर नगरपालिका वडा नं.३ गैडाटार वस्ने २७ बर्षीय सोम लामा भन्ने पूर्ण बहादुर मुक्तान ,सोहि ठाउँका ४९ बर्षीय रमन तिवारी भन्ने बुद्धि बहादुर तिवारी , ४० बर्षीय पुरण धामी र ४५ बर्षीय विजय धामी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गरिएको प्रहरीले बताएको छ।अजय कुमार यादवलाइ सम्मानित जिल्ला अदालत रौतहटले चोरी मुद्दामा ४१ हजार र १४ महिना कैद सजाय तोकेको थियो। यस्तै पूर्ण बहादुर मुक्तानलाइ वन मुद्दामा ७ हजार २ सय जरिवाना र ८ दिन कैद , बुद्धि बहादुर तिवारीलाइ चोरी मुद्दामा ९ महिना २८ दिन कैद , पुरण धामी लाइ वन मुद्दामा ४३ हजार जरिवाना र विजय धामी लाइ पनि वन मुद्दामा ४३ हजार जरिवाना तोकिएको थियो।

सोहि बेला देखि फरार हुँदै आएका उनीहरुलाई आज पक्राउ गरि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *