भारतमा एकै दिनमा थपिए ३ लाख ९२ हजार भन्दा बढी कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख १९ गते।

भारतमा पछिल्लो २४ घण्टामा थप ३ लाख ९२ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा हालसम्म संक्रमितको संख्या १ करोड ९५ लाख ४९ हजार ६५६ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३६ सय ८८ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । मृतकको संख्या २ लाख १५ हजार ५२३ पुगेको छ ।

यस्तै १ करोड ५९ लाख ८१ हजार ७७२ संक्रमित निको भएका छन् । ३३ लाख ५२ हजार ३६१ सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *