भारतका धावक मिल्खा सिंहको हिजो राति निधन

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असार ५ गते।

भारतका प्रख्यात धावक मिल्खा सिंहको चन्डीगढ अस्पतालमा हिजो राति निधन भएको छ ।

पाँच दिन पहिले मिल्खा सिंहकी पत्नी निर्मल मिल्खा सिंहको निधन पनि कोरोनाकै कारण भएको थियो । 

९१ वर्षका सिंहलाई चन्डीगढस्थित पिजीआईएमईआरमा भर्ती गराइएको थियो । जहाँ शुक्रबार उनको स्वास्थ निकै बिग्रियो र धेरै कोसिसका बाबजुद पनि उनलाई बचाउन  सकिएन । 

पिजीआईएमईआर अस्पतालका प्रवक्ता अशोक कुमारका अनुसार शुक्रबार राति ११:३० बजे मिल्खा सिंहको निधन भएको हो ।  २० मेइमा उनलाई अस्पतालको आईसियुमा भर्ना गरिएको थियो । १३ जुनसम्म उनी आईसियुमा थिए र यस दौरान उनले कोरोना पनि जितेका थिए । १३ जनुमा कोरोनाको रिपोर्ट नेगेटिभ आए पनि कोभिड सम्बन्धी समस्या जारी नै रह्यो र उनलाई फेरि आईसियु भर्ना गर्नुपर्यो । यसपटक तमाम कोसिस का बाबजुद चिकित्सकहरुले उनलाई बचाउन सकेनन् । 

सिंहले २ सय मिटर  र ४ सय मिटर दौडमा धेरै पदकहरू जितेका छन् । सिंह स्वतन्त्र भारतका पहिलो धावक थिए जसले १९६० मा कमनवेल्थ गेम्समा स्वर्ण पदक जितेका थिए ।  उनी भारतीय सेनामा पनि थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनप्रति शोक व्यक्त गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *