अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,साउन ५ गते।
बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पक्राउ परेका छन् ।
अश्लिल फिल्म बनाएर ऐप मार्फत रिलिज गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
मुम्बई पुलिसको क्राइम ब्रान्चले उनलाई सोमबार राती पक्राउ गरेको हो ।
यो मामिलामा पुलिसले उनलाई मुख्य आरोपी बताएको छ ।
यसै बर्ष फेब्रुअरीमा उनीबिरुद्ध अश्लिल फिल्म बनाएको र एप मार्फत रिलिज गरेको उजुरी दर्ता भएको थियो । यसै मामिलामा राज कुन्द्रा मुख्य आरोपीको रुपमा पक्राउ परेका हुन् ।
राजकुन्द्राको बिरुद्ध आफुसँग प्रयाप्त प्रमाण भएको र उनलाई सोधपुछ गरिरहेको मुम्बई पुलिसले बताएको छ । मेडिकल परिक्षणपछि राज कुन्द्रालाई आज मंगलबार कोटमा पेस गरिनेछ ।
मुम्बई पुलिस ब्रान्चमा गत फेब्रुअरीमा अश्लिल फिल्म बनाएको र त्यो अलग अलग ओटीटी प्लेटफर्ममा रिलिज गरिएको केस दर्ता भएको थियो । यो मामिलामा पुलिसले बिभिन्न ठाउँमा छापा मारेर पहिले नै ४ ब्यक्ति पक्राउ गरिसकेको छ । पक्राउ आरोपीको बयान अनुसार र टेक्निकल एविडेन्सको आधारमा राज कुन्द्रालाई पक्राउ गरिएको हो । पुलिसको जाचमा राज कुन्द्रा मुख्य दोसी पाइएको छ ।
हटसट नामक एक एप बनाएको र उक्त एपमा फिल्म राख्दै मानिससँग पैसा उठाएको र एमका मालिक राज कुन्द्रा भएको आरोप पुलिसको रहेको छ । राज कुन्द्राले भने आफ्नो एपसँग कुनै पनि लेनदेन नभएको दावी गरेका छन् ।
पुलिसका अनुसार मुम्बईमा कामको खोजीमा आउने सोझा सिधा केटीलाई यो कामका लागि फसाउने गरिएको छ । ठुलो फिल्ममा काम लगाउने बहानामा समेत अश्लिल फिल्ममा काम गराउने गरिएको छ । फिल्म बनेपछि मोवाईल ऐप तथा ओटीटी प्लेटफर्ममा रिलिज गरेर लाखौ कमाउने गरिएको छ ।