जापानको राजधानी टोकियोमा ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद आजबाट सुरु हुदै

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,साउन ८ गते।

३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदको आज औपचारिक उद्घाटन हुँदैछ ।

राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमका बीच ’टोकियो ओलम्पिक’ औपचारिक उद्घाटन गरिनेछ ।

नेपाली समयअनुसार शुक्रबार अपराह्न ४ बजेपछि उद्घाटन समारोहको मार्च पास हुने जनाइएको छ । जसमा नेपालको झण्डा पौडीबाज गौरिका सिंह र एलेक्जेन्डर शाह बोक्ने छन् ।

उद्घाटन आज हुने भए पनि यस खेलका केही प्रतिस्पर्धा भने गएको बुधबारबाटै सुरु भइसकेका छन् । ओलम्पिक खेल्न विश्वभरबाट २०४ देशका गरी ११ हजार २ सयभन्दा बढी खेलाडी टोकियो पुगिसेका छन् । जसमा नेपालबाट पनि खेलाडीसहित २३ सदस्यीय टोली जापान गइसकेको छ । नेपालबाट पौडीमा गौरीका सिंहसँगै एलेक्जेण्डर शाह तथा एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्ने भएका छन् ।

कोरोना भाइरस महामारीकै बीच हुने उक्त खेलकुदको उद्घाटन समारोहमा विभिन्न १५ राष्ट्र र संगठनका प्रमुखहरु सहभागी हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *