अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,साउन १५ गते।
भारतलाई पराजित गर्दै श्रीलंकाले टि–२० आई सिरिज जितेको छ ।
गएराति भएको तेस्रो तथा अन्तिम खेलमा भारतलाई सात विकेटले पारजित गर्दै संमग्रमा २–१ ले श्रीलंकाले सिरिज जितेको हो ।
टस जितेर पहिला ब्याटिङ थालेको भारतले श्रीलंकालाई सामान्य ८२ रनको विजयी लक्ष दिएको थियो । श्रीलंकाले १४.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा उक्त लक्ष पूरा गर्यो ।
श्रीलंका धनन्जय डि सिल्भा २० बलमा २ चौका सहित २३ रनमा अविजित रहे । वानिन्दु हसरंगा ९ बलमा १ चौका सहित १४ रनमा अविजित रहे ।
ओपनर अविष्का फ्रेनान्डोलाई स्पिनर राहुल चाहरले १२ रनमा कट एण्ड बोल्ड आउट गरे । मिनोद भानुकालाई चाहरले १८ रनमा एलबिडब्लू आउट गरे । मिनोदले २७ बलमा १ चौका प्रहार गरे । सदिरा समराविक्रमलाई चाहरलेनै ६ रनमा बोल्ड आउट गरे ।
भारतका स्पिनर राहुल चाहरले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । अन्य बलरले विकेट लिन सकेनन् ।
त्यसअघि भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८१ रन बनाएको थियो । भारतका कुलदीप यादवले सर्वाधिक २८ बलमा २३ र तीव्र गतिका बलर भुवनेश्वर कुमारले ३२ बलमा १६ रन जोडेका थिए ।
भारतको यो टि२० आई इतिहासको तेस्रो कम योगफल हो । भारतको टि२० आईमा सर्वाधिक कम योगफल सन् २००८ मा अष्ट्रेलियाविरुद्ध ७४ रन थियो । २०१६ मा न्युजिल्यान्डविरुद्ध ७९ अल आउट भएको थियो ।