अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असोज १५ गते।
फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई जेल सजायको फैसला अदालतले सुनाएको हो ।
सन् २०१२ मा राष्ट्रपतिमा आफू पुनः निर्वाचित हुनका लागि सहयोग पुग्नेगरी चलाइएको अभियानमा अवैधानिक रुपमा सहयोग गरेको आरोप उहाँलाई लगाइएको थियो ।
सोही आरोपका आधारमा अदालतले उनलाई दोषी ठहर गर्दै एक बर्ष कारागार राख्नुपर्ने सजाय बिहीबार सुनाएको हो ।
सार्कोजी संलग्न भएको गलत ठानिएको यो दोस्रो घटना हो । यसअघि अर्को एउटा प्रकरणमा पनि उनको संलग्नता पुष्टि भएको थियो ।