अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज १५ गते।
नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा निःशुल्क सिम प्रदान गर्ने भएको छ ।
असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई टेलिकमले निःशुल्क सिम वितरण गर्न लागेको हो ।
टेलिकमका प्रवक्ताका अनुसार उक्त सिममा रु १० ब्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्न सकिने, २० वटा सन्देश पठाउन मिल्ने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा छ । उक्त सुविधा एक महिनासम्म उपलब्ध हुने उहाँले बताउनुभयो ।
टेलिकमका देशभरका कार्यालयका काउन्टरबाट ज्येष्ठ नागरिकले उक्त सुविधा उपलब्ध हुनेछ । सो सुविधाका लागि एक प्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने प्रमाणपत्र बुझाउनु पर्नेछ ।