साउथ फिल्मका अभिनेता पुनित कुमारको निधन

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,कार्तिक १२ गते।

साउथ फिल्मका अभिनेता पुनित कुमारको जिममा वर्कआउट गरिरहेका बेला हृदयाघात हुँदा निधन भएको छ । हृदयघातलगत्तै ४६ वर्षका उनलाई बेंगलुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । उनको निधनपश्चात् राज्यका सबै थिएटर बन्द गरिएको छ ।

पुनितले आफ्नो करियरको सुरुवात बाल कलाकारको रुपमा गरेका थिए । सन् १९८५ मा उनी फिल्म ‘बेट्टाडा होवू’ मा देखिएका थिए । यो भूमिकाका लागि उनले थुप्रै अवार्ड पनि पाएका थिए । उनलाई अन्तिम पटक फिल्म ‘सुवारत्थना’ मा देखिएको थियो ।

पुनितका पिता राजकुमार साउथ इन्डियन सिनेमाका आइकन थिए । उनी कन्नड फिल्म इन्डष्टिका पहिलो अभिनेता थिए जसले दादासाहेब फाल्के अवार्ड पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *